कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट कार्ड



हाम्रो इकोनोमि

 

 

कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइने बैंकले जनाएको छ । कृषि विकास बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि रु.२ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा व्याज पाइने, कर्जाको सावाँ र व्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेविट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको बैंकले उल्लेख गरेको छ । बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...