गठबन्धन सरकारले नतिजा दिन सकेन : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन् । ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’, मेची(महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासी आएका महामन्त्री थापाले भने, ‘निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।

निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड थियो । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताए । यात्राका क्रममा आयोजना सुरु भएर १०–१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पु¥याएको क्षति, स्वास्थ्य संस्थाहरु नचलेको, कृषि क्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएकालगायतका आमनागरिकका समस्या पाइएको महामन्त्री थापाले बताए । जुन उद्देश्यले हुलाकी राजमार्ग निर्माण भएको छ, त्यसले नागरिकको जीवनशैली र कृषि क्षेत्रमा खासै परिवर्तन आउन सकेन’, महामन्त्री थापाले भने । कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि संवाद यात्राअन्तर्गतको बाँकी यात्रालाई पछि निरन्तरता दिने गरी मंगलबारका अन्य कार्यक्रम स्थगन गरिएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...