कोइला ताप्ने क्रममा निस्सासिएर सासू-बुहारीको मृत्यु



 

डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू-बुहारी हुन्। एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको खुलेको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन बीआरआई फ्रेमवर्कभित्रका १० परियोजना

    नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज

चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छ : प्रधानमन्त्री ओली

     चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ

भुटानका राजा मंसिर २१ गते काठमाडौं आउँदै

    भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं

चितवनमा मुठभेड, २० भन्दा बढी प्रहरी घाइते

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ