सही मान्छेलाई कुर्सीमा नलगेसम्म देश बन्दैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् । रास्वपाको दबाब यात्रा सिन्धुपाल्चोकको मेलम्चीबाट गर्दै जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरे । रास्वपाले आजबाट २१ आयोजनामा दबाब यात्रा गर्दैछ । उद्घाटन कार्यक्रममा उनले भने( हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन । नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो । हाम्रो उद्देश्य यति हो । एउटा बाटो बनाउन युग पर्खनु पर्दैन । राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस् । रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने बताए । उनले भने यदि हामीले हजारौँ लाखौँ जनतालाई सडकमा उतारेर ठूलो आन्दोलन गरेको भए यसको प्रभावकारिता धेरै हुन्थ्यो होला । तर, हामी त्यस्तो आन्दोलन गर्न चाहेका छैनौँ । जनताले जस्तो दुख कष्ट भोगे त्यसका लागि लाखौँ मान्छेलाई सडकमा ल्याउनु पर्दैन । एउटा गतिलो मान्छेलाई आयोजनामा लिएर गए जान्नेलाई छान्ने नीति बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...