लगानी सम्मेलन प्रभावित हुने अर्थमन्त्रीको चिन्ता



हाम्रो इकोनोमि

 

 

 

 

 

उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ । लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाएका छन् । महतले गृहमन्त्रीसँग समेत असन्तुष्टि पोखेको र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको निकट स्रोतले जनाएको छ । डा. महतले कांग्रेस सांसदसमेत रहेका अरुण चौधरीका दाजु विनोद चौधरीसँग पनि उनको परिवारका सदस्यमाथि भएको धरपकडबाट आफू दुःखी भएको बताएका छन् । महतले औपचारिकरूपमा चौधरीको धरपकडबारे बोल्न चाहेका छैनन् । आजै कांग्रेस संसदीय दलको बैठकमा यसबारेमा छलफल हुने भएको छ । केही सांसदले योजनाबद्धरूपमा भएका धरपकडबारे दलको बैठकमा कुरा उठाउने तयारी गरिरहेको बुझिएको छ । आजको बैठकमा विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउने र आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएका छन् ।

स्रोतकाअनुसार लगानी सम्मेलनको मुखैमा देशको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामाथि सरकारले धरपकड गर्दा वातावरण बिग्रने भन्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । चौधरी ग्रुपसँगै मिलेर कतिपय विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा सहभागी भई नेपालको पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने तयारीमा थिए । अरुण चौधरीको धरपकडपछि भारतको प्रतिष्ठित व्यापारिक घरानाका गौतम अदानी र अम्बानी समूहको सहभागिता लगानी सम्मेलनमा अनिश्चित भएको सीजी स्रोतले जनाएको छ । उनीहरूले नेपालको नागरिक उड्डयन क्षेत्रमा समेत लगानी गर्ने चासो राखेका थिए ।अर्थमन्त्रीको टीमका एक सदस्यले भने ‘अरुण चौधरी आफैं दुई ठूला तारे होटल निर्माण गरिरहेका छन् । ५, ७ अर्बका लगानीमा काम गरिरहेका छन् , उनी भागेर जाने व्यक्ति पनि होइनन् । ४० वर्षअघिका केसमा अहिले अनुसन्धान गर्दा बोलाएर बयान लिएको भए पनि हुने कुरामा धरपकड गरेर उनीहरूको बदनाम गर्ने र राजनीतिक स्टन्ट देखाउने काम भएको छ, यसले बन्दै गएको लगानीको वातावरण बिग्रने चिन्ता भयो ।’ अर्थमन्त्रीलाई असफल बनाउने डिजाइनअनुसार गृहमन्त्रालयबाट पटकपटक खेलाँची भइरहेको आरोप उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...