लगानी सम्मेलन प्रभावित हुने अर्थमन्त्रीको चिन्ता



 

 

 

 

 

उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ । लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाएका छन् । महतले गृहमन्त्रीसँग समेत असन्तुष्टि पोखेको र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको निकट स्रोतले जनाएको छ । डा. महतले कांग्रेस सांसदसमेत रहेका अरुण चौधरीका दाजु विनोद चौधरीसँग पनि उनको परिवारका सदस्यमाथि भएको धरपकडबाट आफू दुःखी भएको बताएका छन् । महतले औपचारिकरूपमा चौधरीको धरपकडबारे बोल्न चाहेका छैनन् । आजै कांग्रेस संसदीय दलको बैठकमा यसबारेमा छलफल हुने भएको छ । केही सांसदले योजनाबद्धरूपमा भएका धरपकडबारे दलको बैठकमा कुरा उठाउने तयारी गरिरहेको बुझिएको छ । आजको बैठकमा विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउने र आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएका छन् ।

स्रोतकाअनुसार लगानी सम्मेलनको मुखैमा देशको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामाथि सरकारले धरपकड गर्दा वातावरण बिग्रने भन्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । चौधरी ग्रुपसँगै मिलेर कतिपय विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा सहभागी भई नेपालको पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने तयारीमा थिए । अरुण चौधरीको धरपकडपछि भारतको प्रतिष्ठित व्यापारिक घरानाका गौतम अदानी र अम्बानी समूहको सहभागिता लगानी सम्मेलनमा अनिश्चित भएको सीजी स्रोतले जनाएको छ । उनीहरूले नेपालको नागरिक उड्डयन क्षेत्रमा समेत लगानी गर्ने चासो राखेका थिए ।अर्थमन्त्रीको टीमका एक सदस्यले भने ‘अरुण चौधरी आफैं दुई ठूला तारे होटल निर्माण गरिरहेका छन् । ५, ७ अर्बका लगानीमा काम गरिरहेका छन् , उनी भागेर जाने व्यक्ति पनि होइनन् । ४० वर्षअघिका केसमा अहिले अनुसन्धान गर्दा बोलाएर बयान लिएको भए पनि हुने कुरामा धरपकड गरेर उनीहरूको बदनाम गर्ने र राजनीतिक स्टन्ट देखाउने काम भएको छ, यसले बन्दै गएको लगानीको वातावरण बिग्रने चिन्ता भयो ।’ अर्थमन्त्रीलाई असफल बनाउने डिजाइनअनुसार गृहमन्त्रालयबाट पटकपटक खेलाँची भइरहेको आरोप उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्