प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् । यी भेट आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन पनि भनिने बजेट अधिवेशन आह्वान गरेका छन् । यो अधिवेशनमा केही विधेयकहरु समेत प्रस्तुत हुनेछन् । संसदको विजनेस र आगामी बजेटका प्राथमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड निरन्तर परामर्शमा छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यही बजेट अधिवेशन र समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...