एकै पटक यती एयरलाइन्सको दुइ वटा जहाज नेपाल आइपुग्यो



हाम्रो इकोनोमि

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ । थपिएका जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । ती जहाज यतीका क्याप्टेनहरूले नै बंगलादेश ढाकाबाट नेपाल ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान थाल्ने छ । यतीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवा अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिइएको र जहाज थप गरेसँगै यात्रुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
सन् २०२४ भित्रै थप तीन जहाज ल्याई १० पु¥याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनले बताए । यती एयरलाइन्समा हालै एसियन लाइफ इन्स्योरेन्स नयाँ लगानीकर्ताका रूपमा भित्रिएको थियो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...