नेपाली चिकित्सकको टीमलाई एमाले अध्यक्ष ओलीको बधाई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टीमलाई बधाई दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएकोमा अध्यक्ष ओलीले बधाई दिनुभएको हो । आठ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने बाध्यता थियो, कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

प्राध्यापक डा. भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । नुवाकोटका ४१ वर्षीय बिरामीलाई ४० वर्षीय बिरामीकी श्रीमतीले दिनुभएको कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित बिरामीको श्रीमान् श्रीमती दुवै आज डिस्चार्ज हुनुभएको छ । ती पुरुषमा गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएपछि अस्पतालले सो कुरा सार्वजनिक गरेको हो । ‘डा. भण्डारी र उहाँको टिमलाई यस सफलताको लागि बधाई’, ओलीले लेख्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...