प्युठानमा एमालेको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को प्युठानमा सञ्चालित तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणको उद्घाटन माघ १५ गते पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो भने माघ १७ गते बुधबार पोलिटव्यूरो सदस्य सूर्य थापाले सहभागीहरूलाई प्रमाणपत्र वितरणसहित समापन गर्नुभयो । उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा/कार्यभार विषयमा प्रशिक्षण दिनुभएको थियो भने पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी पोलिटव्यूरो सदस्य तथा प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्य तथा प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजना गरी दुई विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, पोलिटव्यूरो सदस्य इश्वरी रिजालले माक्सवादी दर्शनशास्त्र, एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिनुभएको थियो ।

जिल्लास्तरीय प्रशिक्षणपछि अब मातहतका कमिटीहरूमा प्रशिक्षणका कार्यक्रमलाई अभियानको रुपमा लैजाने एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । प्रशिक्षणले पार्टी सदस्यहरूमा नयाँ ऊर्जा दिनुका साथै पछिल्ला समसामयिक विषय तथा प्रविधिका बारेमा समेत ज्ञान मिलेको उहाँले बताउनुभयो । प्रशिक्षणमा जिल्ला कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...