कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात



हाम्रो इकोनोमि

 

 

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लामा गत रातिबाट हिमपात र वर्षा सुरु भएको हो । यी जिल्लाहरूमा हल्का हिमपात र बेसीमा वर्षा भइरहेको छ । मुगुको रारा, मुर्मा, चंखेली, बाम, सोभा, घुच्चीलेक, मुन्दु र माथितुम क्षेत्रमा पनि हल्का हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको बताए । यस्तै, जुम्लामा पनि आज बिहानैदेखि हिउँ पर्ने थालेको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष भने ढिलो हिउँ पर्ने सुरु भएको हो ।कर्णालीका हिमाली जिल्लाहरूमा माघ महिनासम्म पनि वर्षा र हिमपात नहुँदा कृषकहरू चिन्तित थिए । यहाँका कृषकहरू हिमपात सुरु भएपछि खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...