संसद्मा बोल्दा कहिलेकाहीँ ‘अनकन्ट्रोल मिसाइल’ धेरै हानेछु : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उनकोे भनाइ छ । उनले भने, ‘मैले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु । तर, अहिले आएर मलाई अलि बोध हुँदैछ । सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ । म यति निस्फिक्रीसाथ अनकन्ट्रोल मिसाइल जस्तै । मैले ड्याङ ड्याङ मिसाइल हान्दिने हो । त्यसको अर्थ सावधानीको कमी हो तर विचारमा त्रुटी होइन । मिसाइल मैले ठीक ठाउँमा ताकेर हानेको छु, तर एउटा हान्दा पुग्ने ठाउँमा कतिलेकाहिँ पाँच सातवटा हानेको छु ।’ देश सही नीति र व्यवहारबाट अघि बढ्ने बताए । राजनीतिक परिवर्तनलाई सही दिशा दिएर जनताको साथ लिएर अगाडि बढ्न नसके निराशा बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...