इमरान खानलाई १० वर्ष कैद फैसला



हाम्रो इकोनोमि

 

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ । पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो । पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ । अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...