नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा



 

 

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो । यो वर्ष नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ । गत वर्ष नेपाल ३४ अंक पाएर ११०औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् । प्रतिवेदनले शून्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १