दुर्गा प्रसाईं र मनिषा कोइरालाबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही देखिए । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको उनको भनाइ छ । मैले उठाएका एजेण्डा र काठमाडौंमा गरेको आन्दोलनसहितका कारणले यो दुर्गा प्रसाईं भन्ने के तत्व हो भनेर जान्ने उत्सुकता रहेछ उहाँमा’, प्रसाईंले भने, ‘मैले आफ्नो अभियान र एजेण्डाहरुका विषयमा प्रष्टसँग बताएपछि उहाँ पनि आश्वस्त हुनुभयो । बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उनले बताए । उहाँ आखिर बीपी कोइरालाको रगत हो । बीपी त्यत्रो वर्ष जेल बसेर बाहिर निस्किँदा पनि राजा र कांग्रेस भनेको एक अर्काका परिपुरक हुन् भन्नुभएको थियो । उहाँमा पनि त्यस्तै भावना पाएँ’, प्रसाईंले भने । भेटमा मनिषाले देश निकै अप्ठेरो अवस्थामा रहेकाले सबै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएकी थिइन् । प्रसाईले आफ्नो अभियानमा सक्रिय साथ दिन मनिषासँग अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...