प्रचण्ड सरकार धोकाबाट बनेको हो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरेका छन् । ओलीले अहिलेको सरकारलाई समृद्ध नेपाल, सुखी नेपालीको मुल लक्ष्य मन नपर्ने बताउनु भएको छ । पार्टीको अर्थ तथा योजना विभागले १६औं पञ्चवर्षीय योजनाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्र र जनताको आवश्यकतामा निर्मित समृद्ध नेपाल सुखी नेपाली अहिलेको सरकारलाई मन नपर्ने विषय भएको बताउनु भयो ।

समृद्ध नेपाल भन्ने शब्द अहिलेको सरकारले उच्चारण नै नगर्ने उहाँको भनाइ छ । एमालेले देशको आवश्यकता अनुसार नीति बनाउने हुँदा ती सबै नीति राष्ट्रिय नीति हुने भन्दै अध्यक्ष ओलीले त्यसअनुसार एमाले चल्ने स्पष्ट पार्नुभयो । १६औं योजनालाई देशको हितमा बनाउनु पर्ने उहाँले बताउनुभयो । देशले बनाउने योजना राष्ट्रिय विकास र राष्ट्रिय आवश्यकताको दस्तावेज हुने भएको अनि त्यसले सबै क्षेत्रको उत्थानसँग सम्बन्ध राख्ने अध्यक्ष ओलीले बताउनुभयो । नेपालमा भने सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको विकास भएको पनि उहाँले बताउनुभयो । ५ वर्षका लागि योजनामा प्रस्तुत गरिएका भिजन, मिसन र पोलिसी सरकार परिवर्तन भए पनि फलो गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...