प्रचण्ड सरकार धोकाबाट बनेको हो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरेका छन् । ओलीले अहिलेको सरकारलाई समृद्ध नेपाल, सुखी नेपालीको मुल लक्ष्य मन नपर्ने बताउनु भएको छ । पार्टीको अर्थ तथा योजना विभागले १६औं पञ्चवर्षीय योजनाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्र र जनताको आवश्यकतामा निर्मित समृद्ध नेपाल सुखी नेपाली अहिलेको सरकारलाई मन नपर्ने विषय भएको बताउनु भयो ।

समृद्ध नेपाल भन्ने शब्द अहिलेको सरकारले उच्चारण नै नगर्ने उहाँको भनाइ छ । एमालेले देशको आवश्यकता अनुसार नीति बनाउने हुँदा ती सबै नीति राष्ट्रिय नीति हुने भन्दै अध्यक्ष ओलीले त्यसअनुसार एमाले चल्ने स्पष्ट पार्नुभयो । १६औं योजनालाई देशको हितमा बनाउनु पर्ने उहाँले बताउनुभयो । देशले बनाउने योजना राष्ट्रिय विकास र राष्ट्रिय आवश्यकताको दस्तावेज हुने भएको अनि त्यसले सबै क्षेत्रको उत्थानसँग सम्बन्ध राख्ने अध्यक्ष ओलीले बताउनुभयो । नेपालमा भने सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको विकास भएको पनि उहाँले बताउनुभयो । ५ वर्षका लागि योजनामा प्रस्तुत गरिएका भिजन, मिसन र पोलिसी सरकार परिवर्तन भए पनि फलो गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...