बीआरआईका परियोजना छिटो कार्यान्वयन गर्न शंकर पोखरेलको जोड



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआईअन्तर्गतका परियोजना छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीचको छलफलका क्रममा उनले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताए । परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा पोखरेलको जोड थियो ।

उनले बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले भने, ‘चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अंग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनुपर्दछ । विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको छ । यसमा विलम्व नगरीकन परियोजनाहरुको छनोट, तिनको शिघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ । महासचिव पोखरेलले नेपाल-चीन बीचको भूगोललाई चुनौती नभइ अवसरका रूपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुईपक्षीय सम्बन्धलाई फाराकिलो बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...