तीन हजार बढीलाइ शहीद घोषणा गर्दैछौं: प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन्।  शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।  त्यसक्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरूलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए।

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरू नछुटून् भनेर विशेष ध्यान दिएको पनि बताए।  सरकारले जनयुद्धमा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले भने, ‘यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ। त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरू पनि राष्ट्रिय शहीदमा घोषणा, दर्ता भई नै सकेको छ। त्यहाँ अब हामी दुविधामा बस्नुपर्दैन।’

उनले अघि भने, ‘अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौं। त्यसलाई पनि घोषणा गरिन्छ। म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र, शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा सम्मानित गरेको छ। र, हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ।’

न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...