कांग्रेसको घातलाई गम्भीररूपमा लिएको छु : प्रचण्ड



 

 

कोशीमा भएको फ्लोर क्रसको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि प्रचण्डले असन्तुष्टि जनाएका हुन् । फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि कांग्रेसबाट पटकपटक भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ । हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो । प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, शेखरले हो शेखरले । देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन् । प्रचण्डले असन्तुष्टि जनाउँदै थपे, ‘कोशीमा मात्रै होइन अरु प्रदेशमा पनि हामीले नेकपा एसबाट पूरै मत दिँदा भोट क्रस भएको छ । अन्त फरक धेरै भएकाले जित्न सकेनन् । यसअघि हामीलाई मुख्यमन्त्री दिने बेलामा पनि एमालेसँग मिलेर सरकार बनायो । अहिले पनि हाम्रो उम्मेदवारलाई हराएको सामान्य कुरा होइन यसलाई गम्भीररूपमा लिएको छु । कांग्रेसबाट निरन्तर घात हुन थालेपछि प्रचण्डले गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार सत्ता हस्तान्तरणको बेलामा इमान्दार नहुनसक्ने चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्