टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



हाम्रो इकोनोमि

 

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति ९ बजेर २० मिनेटमा भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ मा राधेराधे जाँदै गरेको बा ३ क १७४५ नम्बरको टिपरले काठमाडौंबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२- ०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी बसन्त पन्तका अनुसार टिपरको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ का ४३ वर्षीय उद्वव प्रसाद नेपाल गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगेकोमा राति ९:५३ बजे डाक्टरले मृत घोषणा गरेको थियो। टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका-१ घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...