२९ हजार नक्कली लाइसेन्स रद्ध, एक लाख नष्ट गर्ने तयारीमा



हाम्रो इकोनोमि

 

 

अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन लाइसेन्स छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको जानकारी दिनुभएको छ । केही दिनअघि नक्कली लाइसेन्स घोटाला प्रकरण बाहिरिएपछि मन्त्री ज्वालाले त्यसमा पनि अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले नक्कली लाइसेन्स रोक्न सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत् गर्न सकिने जानकारी दिनुभयो ।

‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यस बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भन्नुभयो, ‘अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, संघमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।’मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका झण्डै एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...