कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति



हाम्रो इकोनोमि

 

 

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ । एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन् । एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो । राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको  बताए ।

‘राप्रपा र एमालेबीच कोशीमा तालमेलको सहमति भएको हो। सहमतिअनुसार राप्रपाका पौडेल र एमालेकी कोइरालालाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको छ,’ सिटौलाले सेतोपाटीसँग भने, ‘तालमेलको सहमति आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं । नेकपा (एमाले) कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रिय सभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको  बताए ।

केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन्। ‘कोशीमा तालमेल गर्न केन्द्रबाटै सहमति भएर आएको छ,’ उनले भने । कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो । कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन् ।  कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...