मधेसमा एमाले जिल्ला अधिवेशनको मिति तय



हाम्रो इकोनोमि

 

नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालय ( पदाधिकारी)को बैठकले मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । जनकपुरधाममा बसेको बैठकले महोत्तरीको माघ २२ र २३, रौतहटको माघ २५ र २६, पर्साको माघ २८ र २९ गते र बाराको फागुन १२ र १३ गते हुने जिल्ला अधिवेशन भव्य बनाउन सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ । सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैतको पहिलो हप्ताभित्र गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले बताए । बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ २१, सर्लाही र सिरहाको फागुन ५ र धनुषा तथा सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषद्को बैठक गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश अधिवेशनका बखत नवीकरण भई केन्द्रबाट प्रमाणीकरण भएर आएका सदस्यहरूबाट नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको सचिव पौडेलले बताए । बैठकले चिसो र शीतलहरबाट मधेस प्रदेशका नागरिकहरू पीडित बनेको हुनाले चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको समाचार आइरहेको हुनाले तत्काल न्यानो कपडा, आगो ताप्ने दाउरा र राहतको व्यवस्था गर्न स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारसँग जोडदार माग गरेको छ । नेकपा एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चण्डेश्वर मण्डलको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सचिव तथा मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, लीलानाथ श्रेष्ठ, ज्वालाकुमारी साह ,अच्युत मैनाली र केन्द्रीय सदस्य सरोज यादवसहित जिल्ला अध्यक्षहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...