गोरखामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

गोरखा जिल्लामा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमालेमा प्रवेश गर्नुभएको हो ।उहाँहरूलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो । गुरुङले देशका कम्युनिष्ट एक भएर बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो । गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...