माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता नियन्त्रणमा



हाम्रो इकोनोमि

 

 

निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रमा लिइएको छ ।’निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने ।  माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो । निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...