प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन् : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् । विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।

प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’ भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ थियो ।

भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको भन्दै पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ, त्यसको काम किन भएन भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई-तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’ भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ । पछिल्लो समयमा देशमा केही हुँदैन, यो देश बन्दैन भन्ने भाष्य खडा गर्न सरकार नै लागिपरेको आरोप नेता ज्ञवालीले लगाए ।

देशका विकास निर्माणका कामहरु ठप्प हुँदै गएकोप्रति एमालेले जनताका बीचमा जान आन्दोलन गर्ने तयारी गरेको बताए । उनले देशका ७ वटै प्रदेशबाट एमाले सरकारका विरुद्धमा जनतामा जाने बताए । सहकारी पीडित नागरिकहरुको पक्षमा सरकारले काम गर्न नसकेको टिप्पणी गर्दै नेता ज्ञवालीले जनताको बचत ठग्ने व्यक्तिहरुलाई पक्राउ गरेर जनताको वचतको सुरक्षा गर्न सरकार चुकेको बताए । रास्वपाका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै उनले देश बनाउँछु भनेर आएका नयाँ दलका नेताहरुले सहकारी सञ्चालकले ठगेको रकम सरकारले तिर्नुपर्छ भनेर गरेको टिप्पणी लज्जास्पद भएको बताए । संक्रमणकालीन न्याय, वेपत्ता छानविन, सत्य निरुपण तथा मिलाप आयोगका विषयलाई सरकारले राष्ट्रियसभाका सांसदहरुको भागबण्डासँग जोडेर एमालेलाई बदनाम गराउन प्रधानमन्त्री नै लागेको नेता ज्ञवालीले बताए । उनले सरकारसँग बहुमत भएकाले बहुमतका आधारमा विधेयक पास गर्न सक्ने भन्दै, पीडितलाई न्याय पाउने विषयमा एमालेले कुनै अन्य विषयसँग सौदावाजी नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...