प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन् : प्रदीप ज्ञवाली



 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् । विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।

प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’ भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ थियो ।

भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको भन्दै पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ, त्यसको काम किन भएन भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई-तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’ भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ । पछिल्लो समयमा देशमा केही हुँदैन, यो देश बन्दैन भन्ने भाष्य खडा गर्न सरकार नै लागिपरेको आरोप नेता ज्ञवालीले लगाए ।

देशका विकास निर्माणका कामहरु ठप्प हुँदै गएकोप्रति एमालेले जनताका बीचमा जान आन्दोलन गर्ने तयारी गरेको बताए । उनले देशका ७ वटै प्रदेशबाट एमाले सरकारका विरुद्धमा जनतामा जाने बताए । सहकारी पीडित नागरिकहरुको पक्षमा सरकारले काम गर्न नसकेको टिप्पणी गर्दै नेता ज्ञवालीले जनताको बचत ठग्ने व्यक्तिहरुलाई पक्राउ गरेर जनताको वचतको सुरक्षा गर्न सरकार चुकेको बताए । रास्वपाका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै उनले देश बनाउँछु भनेर आएका नयाँ दलका नेताहरुले सहकारी सञ्चालकले ठगेको रकम सरकारले तिर्नुपर्छ भनेर गरेको टिप्पणी लज्जास्पद भएको बताए । संक्रमणकालीन न्याय, वेपत्ता छानविन, सत्य निरुपण तथा मिलाप आयोगका विषयलाई सरकारले राष्ट्रियसभाका सांसदहरुको भागबण्डासँग जोडेर एमालेलाई बदनाम गराउन प्रधानमन्त्री नै लागेको नेता ज्ञवालीले बताए । उनले सरकारसँग बहुमत भएकाले बहुमतका आधारमा विधेयक पास गर्न सक्ने भन्दै, पीडितलाई न्याय पाउने विषयमा एमालेले कुनै अन्य विषयसँग सौदावाजी नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह