गठबन्धनबाट सीके राउतलाई हटाउने तयारी, नेकपा एसलाई थप एक मन्त्रालय



 

 

 

 

 

सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ । सीके र उपेन्द्रबीचको ‘इगो वार’बारे त सबै जानकार छन्,तर माधव नेपाललाई किन सिके राउतलाई सरकारबाट हटाउने हतारो भयो रु यसको खास कारण बालुवाटारमा हालै गरिएको कपाली तमसुक हो । गठबन्धनका एक शीर्ष नेताका अनुसार राष्ट्रिय सभाको सीट बाँडफाँटका क्रममा शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सादा कागजमा तमसुक गरिएको थियो । माधव नेपाल,राजेन्द्र पाण्डे र घनश्याम भुसालले राष्ट्रिय सभाका १९ मध्ये ३ सीटको अडान नछाडेपछि अन्तिममा नेकपा एसलाई एक मन्त्री थप्ने सहमतिमा २ सीटमा मनाइएको थियो । नेपालले बोलीको भर नहुने भन्दै लिखत गर्नुपर्ने अडान लिएपछि एक मन्त्री थप्ने कागजमा तीनै नेताले हस्ताक्षर गरे । सोही कपाली तमसुक बोकेर हिँडेका नेपालले चाँडो एक मन्त्री थप्नका लागि सीके राउतलाई सरकार बाहिर पठाउन दबाब बढाएका हुन् । गठबन्धनमा भए पनि राउतले राष्ट्रिय सभामा अलग उम्मेदवार उठाएका छन् । उनी गठबन्धनको पछिल्लो बैठकमा पनि गएका थिएनन् । राउतको जनमत पार्टीबाट अनिता साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।

राष्ट्रियसभा निर्वाचन लगत्तै अनिता साहलाई हटाएर माधव नेपालको पार्टीका एकजना मन्त्री थपिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट एक नेताले  बताए । राउतलाई मधेश सरकारबाट निकालेका उपेन्द्र यादवले केन्द्र सरकारबाट पनि हटाउन दबाब दिइरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीलाई हटाएपछि सोही मन्त्रालय नेकपा एसलाई दिने कि अन्य मन्त्रीहरू समेत फेरबदल गरेर मन्त्रालय हेरफेर गर्ने भन्नेबारे टुंगो लागेको छैन । कपाली तमसुक भएको बेला बालुवाटार बैठकमा रहेका एक नेताले भने–माधव नेपालले तमसुक कार्यान्वयन गर्न दबाब दिइसकेका छन् । सम्भवतः राष्ट्रियसभा निर्वाचनको लगत्तै नेकपा एसले एक मन्त्री थप पाउनेछ । प्रधानमन्त्री त्यही मेलोमा मन्त्रिपरिषद्को सेट नै फेर्न चाहनुहुन्छ तर शेरबहादुर देउवा गृहमन्त्रीबाहेक अरू फेर्न पर्दैन भन्नेमा हुनुहुन्छ । प्रधानमन्त्री चाहिँ अर्थमन्त्री फेर्न चाहने भएकाले गठबन्धनमै कुरा मिलेको छैन । यति चाहिँ प्रष्ट छ कि सीके राउत अब सरकारमा रहन्नन्, एक मन्त्रालय माधव नेपालले थप पाउँछन् । १० सीट भएको नेकपा एसले ३ मन्त्रालय पाउँदा १२ सीट भएको जसपाले असन्तुष्टि जनाउने सम्भावना पनि उत्तिकै छ । यद्यपि गठबन्धनमा लिखित सहमति भएकाले त्यो पालना हुने ती नेताले बताए । नेकपा एसबाट अहिले प्रकाश ज्वाला भौतिक पूर्वाधार, डा।बेदुराम भुसाल कृषिमन्त्री र नन्दा चपाई राज्यमन्त्री छन् । थप एक मन्त्रालय पाउँदा नेकपा एसबाट सरकारमा चार जनाले प्रतिनिधित्व पाउनेछन् । अध्यक्ष माधव नेपाल अहिलेका तीनैजना मन्त्री हटाएर नयाँलाई पालो दिने सोचमा देखिएका छन् । तीन मन्त्रालय पाउँदा एकजना राष्ट्रिय सभाबाट र २ जना प्रतिनिधिसभाबाट आउने बताइएको छ । नेकपा एसका निर्वाचित १० सांसदमध्ये माधव नेपालबाहेक अन्य ९ जनाले यो गठबन्धनको सरकारमा पालैपालो सबैले मन्त्री बन्न पाउने समझदारी समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्