गठबन्धनबाट सीके राउतलाई हटाउने तयारी, नेकपा एसलाई थप एक मन्त्रालय



हाम्रो इकोनोमि

 

 

 

 

 

सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ । सीके र उपेन्द्रबीचको ‘इगो वार’बारे त सबै जानकार छन्,तर माधव नेपाललाई किन सिके राउतलाई सरकारबाट हटाउने हतारो भयो रु यसको खास कारण बालुवाटारमा हालै गरिएको कपाली तमसुक हो । गठबन्धनका एक शीर्ष नेताका अनुसार राष्ट्रिय सभाको सीट बाँडफाँटका क्रममा शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सादा कागजमा तमसुक गरिएको थियो । माधव नेपाल,राजेन्द्र पाण्डे र घनश्याम भुसालले राष्ट्रिय सभाका १९ मध्ये ३ सीटको अडान नछाडेपछि अन्तिममा नेकपा एसलाई एक मन्त्री थप्ने सहमतिमा २ सीटमा मनाइएको थियो । नेपालले बोलीको भर नहुने भन्दै लिखत गर्नुपर्ने अडान लिएपछि एक मन्त्री थप्ने कागजमा तीनै नेताले हस्ताक्षर गरे । सोही कपाली तमसुक बोकेर हिँडेका नेपालले चाँडो एक मन्त्री थप्नका लागि सीके राउतलाई सरकार बाहिर पठाउन दबाब बढाएका हुन् । गठबन्धनमा भए पनि राउतले राष्ट्रिय सभामा अलग उम्मेदवार उठाएका छन् । उनी गठबन्धनको पछिल्लो बैठकमा पनि गएका थिएनन् । राउतको जनमत पार्टीबाट अनिता साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।

राष्ट्रियसभा निर्वाचन लगत्तै अनिता साहलाई हटाएर माधव नेपालको पार्टीका एकजना मन्त्री थपिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट एक नेताले  बताए । राउतलाई मधेश सरकारबाट निकालेका उपेन्द्र यादवले केन्द्र सरकारबाट पनि हटाउन दबाब दिइरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीलाई हटाएपछि सोही मन्त्रालय नेकपा एसलाई दिने कि अन्य मन्त्रीहरू समेत फेरबदल गरेर मन्त्रालय हेरफेर गर्ने भन्नेबारे टुंगो लागेको छैन । कपाली तमसुक भएको बेला बालुवाटार बैठकमा रहेका एक नेताले भने–माधव नेपालले तमसुक कार्यान्वयन गर्न दबाब दिइसकेका छन् । सम्भवतः राष्ट्रियसभा निर्वाचनको लगत्तै नेकपा एसले एक मन्त्री थप पाउनेछ । प्रधानमन्त्री त्यही मेलोमा मन्त्रिपरिषद्को सेट नै फेर्न चाहनुहुन्छ तर शेरबहादुर देउवा गृहमन्त्रीबाहेक अरू फेर्न पर्दैन भन्नेमा हुनुहुन्छ । प्रधानमन्त्री चाहिँ अर्थमन्त्री फेर्न चाहने भएकाले गठबन्धनमै कुरा मिलेको छैन । यति चाहिँ प्रष्ट छ कि सीके राउत अब सरकारमा रहन्नन्, एक मन्त्रालय माधव नेपालले थप पाउँछन् । १० सीट भएको नेकपा एसले ३ मन्त्रालय पाउँदा १२ सीट भएको जसपाले असन्तुष्टि जनाउने सम्भावना पनि उत्तिकै छ । यद्यपि गठबन्धनमा लिखित सहमति भएकाले त्यो पालना हुने ती नेताले बताए । नेकपा एसबाट अहिले प्रकाश ज्वाला भौतिक पूर्वाधार, डा।बेदुराम भुसाल कृषिमन्त्री र नन्दा चपाई राज्यमन्त्री छन् । थप एक मन्त्रालय पाउँदा नेकपा एसबाट सरकारमा चार जनाले प्रतिनिधित्व पाउनेछन् । अध्यक्ष माधव नेपाल अहिलेका तीनैजना मन्त्री हटाएर नयाँलाई पालो दिने सोचमा देखिएका छन् । तीन मन्त्रालय पाउँदा एकजना राष्ट्रिय सभाबाट र २ जना प्रतिनिधिसभाबाट आउने बताइएको छ । नेकपा एसका निर्वाचित १० सांसदमध्ये माधव नेपालबाहेक अन्य ९ जनाले यो गठबन्धनको सरकारमा पालैपालो सबैले मन्त्री बन्न पाउने समझदारी समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...