जागिर खाने नाममा जहाँ पायो त्यहिँ जाने प्रवृति राम्रो भएन : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको बताए । युगाण्डामा रुसी उप विदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको उनले बताए । उनले भने, ‘हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा छ । परराष्ट्रमन्त्रीले कूटनीतिक नोट पठाइसक्नुभएको छ । पटक पटक कुरा पनि भएको छ । युगाण्डामा रुसका उप विदेशमन्त्रीसँग भेटेर नै फिर्ता पठाइदिनुपर्‍यो भनेर कुरा भएको छ । मारिएकाहरूको क्षतिपूर्तिको विषयमा पनि कुरा भएको छ । उनले जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्ने पनि बताए ।

उनले भने, ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन ।’अहिले रुस र युक्रेनसँग कुरा भइरहेको भए पनि उनीहरूले कति प्रेसरमा नेपालको कुरा सुन्छन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताए । सरकारले मात्रै गरेर नहुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि हामी सबैले आफ्नो तर्फबाट गर्नुपर्छ । सरकारले मात्रै गर्ने भए सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन । हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ ।’ प्रचण्डले ताइवान चीनको अंग भएको विषयमा नेपाल सरकार प्रष्ट रहेको पनि बताएका छन् । एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेकाले ताइवान चीन भन्दा अलग हो भन्न नहुने उनले बताए । उनले भने, नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ । ताइवान पनि चीनकै अंग हो भन्ने हाम्रो नीति सुरुबाट नै हो । एक चीन नीति मानिसकेपछि ताइवान अलग हुनुपर्छ भन्ने हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...