राष्ट्रियसभा चुनावको मतपत्र सातै प्रदेशमा पुग्यो



हाम्रो इकोनोमि

 

 

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशगतरूपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छापिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले बताए । उनका अनुसार ३८ प्रकारका जम्मा ६९१० मतपत्र छपाई गरिएो छ । आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र रहेका छन् । आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा विहान नौ बजेदेखि दिउसो तीन बजेसम्म मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ । त्यसै अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाई भएका छन् । माघ ११ मा हुने चिर्वाचनबाट चुनिएका सदस्यको पदावधि २०८० फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...