बूनपा ११ मा तीनमहिने ढाका तथा कपडा बुनाइसम्बन्धी एड्भान्स तालिमको शुभारम्भ



हाम्रो इकोनोमि

 

 

बूढानीलकण्ठ नगरपालिका ११ मा तीनमहिने ढाका तथा कपडा बुनाइसम्बन्धी एड्भान्स तालिमकोB शुभारम्भ भएको छ । बूढानीलकण्ठ नगरपालिका नगर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत बिहीबार सो तालिमको शुभारम्भ भएको हो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा,वडाध्यक्ष राजु अधिकारी, बूनपा ९ र १० का वडाध्यक्षहरु क्रमशः सुमित्रा त्रीपाठि पाण्डे र नवराज भट्टराईको समेत उपस्थित थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाले उद्यमशीलता विधेयक पारित गरेको भन्दै अब बूनपामा उद्यमशीलसम्बन्धी कार्यक्रम अघि बढ्ने बताइन् । उनले भनन्, नगरपालिकाले उद्यमशीलतासम्बन्धी विधेयक पारित गरेको छ । नगर उद्यमी उत्पादन गर्नतर्फ लाग्छ । त्यसका लागि प्रशिक्षर्थी पनि उत्तिकै सक्रिय रुपमा लाग्नुपर्छ । यस्तै वडाध्यक्ष राजु अधिकारीले विगतमा तालिममा धेरैको उपस्थित रहने, तर सक्रिय रुपमा सिक्न नचाहनेहरुको संख्या अधिक रहेको बताए । आइन्दा यस्तो समस्या नहोहो¥यान पनि निर्देशन दिए । विगतमा ब्यूटिपार्लर, अचार, गुडियाजस्ता तालिम दिए पनि उपलब्धिमूलक नभएको भनी उनले गुनासो गरे । यस्तै, वडा नम्बर १०का वडाध्यक्ष नवराज भट्टराईले उत्पादनका लागि बजारको अभाव नरहेको बताउँदै प्रविधिको प्रयोग गरी आफ्नो सामानलाई ब्रान्डिङ गर्न सकिने बताए । त्यसैगरी, वडा नम्बर ९ की वडाध्यक्ष सुमित्रा त्रिपाठी (पाण्डे)ले तीनमहिने तालिमले स्थानीयमा सीप विकास भई स्वरोजगारको वृद्धि गरी नगरको आयस्रोतमा टेवा पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...