एमालेले तोक्यो जिल्ला कमिटीका उम्मेदवारको मापदण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले जिल्ला कमिटीका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ । एमाले महासचिव शंकर पोखरलेले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै उम्मेदवारहरुको मापदण्ड तोक्नुभएको हो । एमाले जिल्ला कमिटीको अधिवेशन सुरु भएको छ । जसका लागि केन्द्रले परिपत्र गर्दै पार्टीको विधान अनुसार जिल्ला र सो मातहतका कमिटीको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरिएको भएपनि कतिपय ठाउँमा मापदण्ड नतोकी अधिवेशन गर्ने गरेकाले केन्द्रले नै तोकेर पठाएको एमालेले जनाएको हो ।

महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्र अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन पार्टी सदस्य भएको ५ वर्ष पुगेको हुनुपर्ने छ । यस्तै एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने छ । जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने यसअघिको केन्द्रीय कमिटीले निर्देशन दिएको थियो । यसअघि सम्पन्न भएका एमाले प्रदेश अधिवेशनमा पनि अध्यक्ष र सचिव पदमा जनप्रतिनिधिहरुले उम्मेदवार हुनु पाउनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...