एमालेले तोक्यो जिल्ला कमिटीका उम्मेदवारको मापदण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले जिल्ला कमिटीका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ । एमाले महासचिव शंकर पोखरलेले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै उम्मेदवारहरुको मापदण्ड तोक्नुभएको हो । एमाले जिल्ला कमिटीको अधिवेशन सुरु भएको छ । जसका लागि केन्द्रले परिपत्र गर्दै पार्टीको विधान अनुसार जिल्ला र सो मातहतका कमिटीको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरिएको भएपनि कतिपय ठाउँमा मापदण्ड नतोकी अधिवेशन गर्ने गरेकाले केन्द्रले नै तोकेर पठाएको एमालेले जनाएको हो ।

महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्र अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन पार्टी सदस्य भएको ५ वर्ष पुगेको हुनुपर्ने छ । यस्तै एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने छ । जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने यसअघिको केन्द्रीय कमिटीले निर्देशन दिएको थियो । यसअघि सम्पन्न भएका एमाले प्रदेश अधिवेशनमा पनि अध्यक्ष र सचिव पदमा जनप्रतिनिधिहरुले उम्मेदवार हुनु पाउनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...