थानकोट-चित्लाङ सडकमा सुरक्षा उपाय अपनाउन महेश बर्तौलाको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चित्लाङ–चन्द्रागिरी–थानकोट सडकमा क्रयास ब्यारियर राख्न ध्यानाकर्षण गराएका छन् । बर्तौला मकवानपुर-२ बाट निर्वाचित संघीय सांसद हुन् । मंगलबार सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाडौं प्रमुख नारायण भण्डारीलाई कार्यकक्षमा बोलाएर बर्तौलाले उक्त सडकलाई क्रयास ब्यारियरमा राख्न ध्यानाकर्षण गराएका हुन् । बर्तौलाले आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरीकरण तथा दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

गत शनिबारमात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर भएको दुर्घटना एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।थानकोट–चन्द्रागिरी-चित्लाङ सडकको अवस्था अत्यान्तै जिर्ण भएको, हिउँदमा सुख्खा पहिरो तथा वर्षातमा धेरै ठाउँमा पहिरो जाने समस्याले धनजनको क्षेतिको घटना बढेपछि उक्त सडकलाइ क्र्यास ब्यारियरमा राखेर यथासिघ्र निर्माण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...