थानकोट-चित्लाङ सडकमा सुरक्षा उपाय अपनाउन महेश बर्तौलाको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चित्लाङ–चन्द्रागिरी–थानकोट सडकमा क्रयास ब्यारियर राख्न ध्यानाकर्षण गराएका छन् । बर्तौला मकवानपुर-२ बाट निर्वाचित संघीय सांसद हुन् । मंगलबार सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाडौं प्रमुख नारायण भण्डारीलाई कार्यकक्षमा बोलाएर बर्तौलाले उक्त सडकलाई क्रयास ब्यारियरमा राख्न ध्यानाकर्षण गराएका हुन् । बर्तौलाले आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरीकरण तथा दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

गत शनिबारमात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर भएको दुर्घटना एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।थानकोट–चन्द्रागिरी-चित्लाङ सडकको अवस्था अत्यान्तै जिर्ण भएको, हिउँदमा सुख्खा पहिरो तथा वर्षातमा धेरै ठाउँमा पहिरो जाने समस्याले धनजनको क्षेतिको घटना बढेपछि उक्त सडकलाइ क्र्यास ब्यारियरमा राखेर यथासिघ्र निर्माण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...