सत्ता गठबन्धनमा खटपट, सीके राउत आउट



 

सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ । अपीलमा उनको हस्ताक्षर छैन । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । हामीलाई साझा उम्मेदवारबारे पनि जानकारी छैन, साझा विज्ञप्ति बारे पनि जानकारी छैन’, उनले भने । गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ । सत्ता गठबन्धनले गरेको सीट बाँडफाँटमा सुरूबाटै जनमत रुष्ट थियो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पार्टीकी सांसद अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १९ जना उम्मेदवार बन्दा सत्ता गठबन्धनभित्रै रहेको जनमत पार्टी छुट्टै मैदानमा उभिएको छ ।

 

 

सर्वोच्च अदालतभित्रै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् । उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्