आफ्ना उम्मेदवार जिताउन सत्ता गठबन्धनको अपिल



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपिल जारी गर्दै सो निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग लेखकले भन्नुभयो, ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवार सबैको साझा उम्मेदवार हुन र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ ।’

संयुक्त अपिलमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपिलमा उल्लेख गर्नुभएको छ । आगामी माघ ११ मा १९ वटा रित्त पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...