अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा मनोज राई



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई निर्विरोध निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् । सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...