सहमतिबाटै टिआरसी विधेयक पारित हुन्छ : मन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा अब छिट्टै नै सहमतिमा पुग्ने आशा बढेको बताए । अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने उनको भनाइ छ । यसमा सहमति जुटाउन समितिका सदस्यहरु र शीर्ष नेताहरुसँग छलफल गरी टुंगो लगाउनुपर्ने आवश्यकता रहेको उनले बताए । आगामी अधिवेशनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी मन्त्री गुरूङको छ ।संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा माननीयहरुको कुरा सुनिरहँदा मलाई के लाग्यो भने- अब भर्खरै बोल्ने मान्यज्यूले लाज लाग्न थाल्यो भन्नुभएको छ, अब लाज लाग्दैन कि जस्तो लागेको छ। अब ढाँट्नु नपर्ने दिन पनि नजिकै आएको जस्ते लागेको छ। यसमा हामीले बुँदा-बुँदा र शब्द-शब्द केलाएका छौँ । अझै सहमति खोज्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...