नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन टीकापुरमा



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पहिलो महाधिवेशन कैलालीको टीकापुरमा बिहीबारबाट सुरू हुँदै छ ।  तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने नाउपाले बताएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड आउने सम्भावना कम रहेको ना नाउपाका नेता लक्ष्मणकिशोर चौधरीले जानकारी दिए । मौसमको खराबीको कारण प्रधानमन्त्री प्रचण्ड आउने सम्भावना कम रहेको उनले बताए । उद्घाटन सत्रमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल टीकापुर पुगिसकेका छन् । नेपाल समाजवादी पार्टी (नेकपा) का अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पनि अधिवेशनका लागि आउने तयारी रहेको चौधरीले बताए ।

पार्टीका संरक्षक रेशमलाल चौधरीले पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउने बताएका छन् । महाधिवेशनका लागि ५२ वटा जिल्लाबाट आठ हजार प्रतिनिधि सहभागी हुने उनले बताए । नेता लक्ष्मणकिशोर चौधरीका अनुसार महाधिवेशनले ३९ जना पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति चयन गर्नेछ ।  महाधिवेशनबाट निर्वाचित हुनेभन्दा बढी संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी रहेको नागरिक उन्मुक्ती पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष र पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति महाधिवेशनले चयन गर्ने र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...