नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन टीकापुरमा



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पहिलो महाधिवेशन कैलालीको टीकापुरमा बिहीबारबाट सुरू हुँदै छ ।  तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने नाउपाले बताएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड आउने सम्भावना कम रहेको ना नाउपाका नेता लक्ष्मणकिशोर चौधरीले जानकारी दिए । मौसमको खराबीको कारण प्रधानमन्त्री प्रचण्ड आउने सम्भावना कम रहेको उनले बताए । उद्घाटन सत्रमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल टीकापुर पुगिसकेका छन् । नेपाल समाजवादी पार्टी (नेकपा) का अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पनि अधिवेशनका लागि आउने तयारी रहेको चौधरीले बताए ।

पार्टीका संरक्षक रेशमलाल चौधरीले पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउने बताएका छन् । महाधिवेशनका लागि ५२ वटा जिल्लाबाट आठ हजार प्रतिनिधि सहभागी हुने उनले बताए । नेता लक्ष्मणकिशोर चौधरीका अनुसार महाधिवेशनले ३९ जना पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति चयन गर्नेछ ।  महाधिवेशनबाट निर्वाचित हुनेभन्दा बढी संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी रहेको नागरिक उन्मुक्ती पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष र पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति महाधिवेशनले चयन गर्ने र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...