मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु



हाम्रो इकोनोमि

 

 

मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको मृत्यु भएको हो । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार आज बिहान मोटरसाइकल दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...