मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु



हाम्रो इकोनोमि

 

 

मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको मृत्यु भएको हो । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार आज बिहान मोटरसाइकल दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...