सफाइ नपाएसम्म सन्दीपले क्रिकेट नखेल्ने



हाम्रो इकोनोमि

 

 

अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् ।क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको सजाय निर्धारणको प्रतीक्षा गरेको थियो । तर, क्यानले निर्णय लिनुअघि सन्दीप आफैंले निर्णय सुनाएका हुन् । उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायो ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ति करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । जिल्ला अदालतले मुद्दाको पूर्णपाठ निकालेर सन्दीपले बुझेको ५० दिनभित्र पुनरावेदन गरिसक्नुपर्छ । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनतः प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...