गठबन्धन सरकार जनमतबाट अस्वीकृत : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको बताउनुभयो ।लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने पोखरेलको भनाइ छ । अहिलेको जनादेशले मुलुकलाई स्थिरताको बाटोमा लैजान नसक्ने पोखरेलले बताउनुभयो । वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको उहाँले दावी गर्नुभयो ।

‘यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बरबादी तर्फ जानु हो’, पोखरेलले भन्नुभयो । नागरिकमा बढेका निराशा हटाउन गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको बताउनुहुँदै उहाँले गठबन्धन सरकार निर्माण पछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको टिप्पणी गर्नुभयो । त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उहाँको धारणा छ । नेपाली राजनीतिका पुष्पकमल दाहाल छेपारो भन्दा पनि छिटो रङ्ग बदल्ने व्यक्ति भएको पोखरेलले बताउनुभयो । छेपारोले रङ्ग बदल्न मौसम परिवर्तन हुनुपर्ने भए पनि प्रचण्डलाई रङ्ग बदल्न मौसम पनि परिवर्तन हुनुपर्ने उहाँको टिप्पणी छ ।

फरक प्रसङ्गमा पोखरेलले एमालेले मिसन ग्रासरुटबाट वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्ने काम गरेको र त्यसैको आधारमा पार्टी व्यवस्थित योजना बनाएर अघि बढेको जानकारी दिनुभयो । एमालले सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागी संकल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ब्रेक लगाइदिएको उहाँले दाबी गर्नुभयो । मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवाद तथा पश्चगमन तर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको उहाँको भनाइ छ । मध्यपहाडबाट मानिसहरूको बसाइँसराई नरोकिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । पूर्वाधार पहाड चढ्ने तर मानिस ओरालो झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । संकल्प यात्रा एमालेको मात्र नभएर देशकै यात्रा भएको उहाँको धारणा छ । मध्य पहाडलाई कसरी मानिस बस्न लायक बनाउन सकिन्छ भन्ने कुरामा सबै क्षेत्रबाट सल्लाह सुझाव पार्टीलाई प्राप्त भएको उहाँले सुनाउनुभयो ।

यात्राको क्रममा मध्यपहाडको सांस्कृतिक विविधता पनि प्रकट भएको उहाँले बताउनुभयो । सांस्कृतिक विशेषतालाई एउटै मालमा उन्ने काममा यात्रा सफल भएको उहाँले दाबी गर्नुभयो । सरकारका गलत क्रियाकलापको विरुद्ध जुटेर प्रतिवाद गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । प्रतिपक्षमा रहेको बेलामा पनि सत्ता पक्ष, कथित नयाँ शक्ति र राजवादी भनिएकाहरूको प्रहारको निशाना पनि एमाले भएको र यसको विरुद्ध एमाले प्रतिबद्ध भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...