पञ्चेश्वरमा केही दिनमा ब्रेक थ्रू हुन्छ : प्रधानमन्त्री प्रचण्ड



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनमा गइसकेको बताएका छन् । आज कानून समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले पञ्चेश्वर देखि मुर्रा भैँसीसम्मका समझदारी कार्यान्वयनमा गएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको भनाइ यस्तो थियो :

मेरो भारत भ्रमण र भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई बलियो बनाउने आधार त मजबुत गरेकै छ । मैले भारत गएर गरेका सहमति के भए भन्ने प्रश्न उठाउनुभएको छ । एउटा त १० हजार मेगावाट लागू भयो । अर्को, पञ्चेश्वर अब अन्तिम चरणमा पुगेको छ । डीपीआर फाइनल गर्ने कुरा छ । त्यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा हामी सबै सहमतै छौँ । मेरो भारत भ्रमणका क्रममा जुन वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ । मलाई विश्वास छ आउने केही दिनभित्र पञ्चेश्वरमा ब्रेक थ्रु हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्छ । अब अर्को ठट्टाजस्तो गरेर सदनमा तपाईँहरूले पनि उठाउनुभएको थियो, त्यो मुर्रा चैँ आइसक्या छ । ल धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो