रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख बरामद



हाम्रो इकोनोमि

 

 

हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ पर्नुभएका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनको बूढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो । प्रहरीले उहाँको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभसमेत बरामद गरेको छ । प्रहरीले मंगलबार बूढानीलकण्ठस्थित बम्जनकै घरबाट उहाँलाई पक्राउ गरेको थियो । बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...