शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । यो दिन ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । २०.६२ अंकले बढेको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गे हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले बढेको) लागेको छ ।

सोमबारबाट कारोबार सुरु भएको हिमालयन रिइन्सुरेन्सको शेयर मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । यसको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा खुलेको थियो । अहिले बैकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएको र ब्याजदर अझै सस्तिने भएपछि सेयर बजारमा यसले सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन् । आज ३०९ कम्पनीको १ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा छ । यसको २१ करोड ४९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...