हारेकालाई राष्ट्रियसभामा : व्यवस्थामाथिकै गम्भीर प्रहार : रवि लामिछाने



 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको विषयमा संसदीय समितिमभा उनले टिप्पणी गरेका हुन् । यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको रविको जिकिर छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उनले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताए । यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस ९योग्यता० को आधारमा चयन उनको प्रस्ताव छ । तपाईँहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ(यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं ।  त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्