विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गरौं : प्रधानमन्त्री



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् , श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा  प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला,’ छलफलमा प्रधानमन्त्रीले भने ।

बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि निर्देशन दिए । वैदेशिक रोजगार सूचना प्रणाली (एफईएमआईएस)लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला,’ उनले भने, ‘साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको