फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथले दिइन् राजीनामा



हाम्रो इकोनोमि

 

 

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो । म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन् । राष्ट्रपति म्याक्रोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म बोर्नले काम चलाउ सरकारको रुपमा काम गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...