राष्ट्रियसभामा ३ सिट चाहिन्छ : महासचिव भुसाल



हाम्रो इकोनोमि

 

 

एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन । कांग्रेस–माओवादी नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।

तर त्यसमा एकीकृत समाजवादीले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको बताएका छन् । ‘हिजो पनि हामीले त्यही भनेका हौं, आज पनि ३ सिट बटमलाइन हो भनेर उठेको छौं’ महासचिव घनश्याम भुसालले भने । एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको एक सिट घट्ने छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...