तीन दलको बैठकबाट रिसाएर हिडे माधव नेपाल



हाम्रो इकोनोमि

 

 

सत्तारूढ गठबन्धनको बैठक राष्ट्रिय सभा चुनावका नेकपा एकीकृत समाजवादीलाई हैसियत सम्झाएर पठाएको छ । सिटको भागबण्डामा सो पार्टीका अध्यक्ष माधव नेपालले बढी दावी गरेपछि आफ्नो हैसियत हेर्नोस भन्दै अपमान गरेको हो ।माधवलाई दिएको सिटमा चित्त बुझाउन भनेपछि रिसाएर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका छन । स्रोतका अनुसार सुदूरपश्चिममा महिला माओवादी र पुरूष कांग्रेसको भागमा परेको छ । लुम्बिनीमा महिला कांग्रेसलाई र पुरूष माओवादीले पाउने छ । यस्तै कोशीमा महिला माओवादी र पुरूष कांग्रेसलाई दिने गरी भाग लगाइएको छ ।

सहमति अनुसार मधेसमा महिला जसपाले पुरूष र कांग्रेसले महिला सदस्य पाउने छ । बाग्मती र गण्डकीमा माधव नेपाल पनि समेट्नुपर्ने भएकाले शनिवार टुंगिएन । आइतबार बिहान माधव नेपाललाई राखेर जसरी पनि सहमति गर्ने एक नेताले बताए । माधव नेपालले तीन सिटमा दावी गरेका छन् । तर कांग्रेस र माओवादीले हैसियतअनुसार एक सिट पनि नपाउने तर आफूहरु दूई सिट दिन तयार भएको बताएका छन । कांग्रेसले १० सिट र माओवादीले ५ सिट पाउने आपसी सहमति भएको छ ।साना दलहरू जनमत, लोसपा र राष्ट्रिय जामोर्चाले भने भाग नपाउने भएका छन् । १ सिट दावी गर्दै आएका ती दफका अध्यक्ष माग पूरा नभएपछि विच्किएर वैठक छाडेर हिँडेका थिए । प्रमुख तीन दलले उनीहरु रिसाएर हिडे पनि आफ्नो अडानमा यथावत रहने सहमति पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...