आज राष्ट्रिय सभा निर्वाचन मतदाताको अन्तिम नामावली प्रकाश



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत गरिसकेको छ । त्यसमाथि उजुरी र कारबाहीसमेत गरेर आइतबार अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

अन्तिम नामावलीमा नाम समावेश नभएका वा छुटेकाहरूले मतदानमा भाग लिन पाउँदैनन् । आयोगका अनुसार यसपटक कुल मतदाता २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख १ हजार ४९८ जना रहेका छन् । कुल मतभार ५७ हजार ५५९ कायम भएको आयोगले जनाएको छ । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...