एमाले गुल्मीद्वारा बुटवल निवासी गैरआवासीय गुल्मेलीलाई प्रशिक्षण



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) गुल्मीले बुटवलमा बसोबास गर्ने गैरआवासीय गुल्मेली नेता कार्यकर्तालाई प्रशिक्षण दिएको छ । बुटवलमा बसोबास गर्दै आएका गुल्मी-रूपन्देही सम्पर्क मञ्चमा आबद्ध गैरआवासीय गुल्मेलीहरूको बीचमा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको एमालेका पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला ईन्चार्ज सूर्य थापाले दैनिक नेपाललाई जानकारी दिए । उनका अनुसार शुक्रबार र शनिबार भएको प्रशिक्षण कार्यक्रममा एकसय जनाको सहभागिता थियो । कार्यक्रममा पोलिटव्युरो सदस्य थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभार तथा नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, दिनेश पन्थीले पार्टी संगठन र व्यवस्थापन, गणेश खनालले दर्शन र दर्शनशास्त्र, बालसिंह काउछाले प्रशिक्षण कार्यको महत्व, राजेन्द्र अर्यालले राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, फर्शु पाण्डेले उद्यम र उद्यमशीलता, जंग नेपालीले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धको विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी, धर्म विश्वकर्माले पार्टी निर्माण, नेतृत्व शैली र अनुशासन, चक्रबन्धु भुसालले जनताको बहुदलीय जनवाद, गोविन्द गौतमले राजनीतिक अर्थशास्त्र र केदारचन्द्र भुसालले गुल्मी-रूपन्देही सम्पर्क मञ्चको सांगठनिक अवस्था र क्रियाशीलताबारे प्रशिक्षण दिएका थिए । गुल्मीमा मतदाता नामावली रहेका ८ हजारभन्दा बढी एमालेका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरू रूपन्देहीमा बसोबास गर्दै आएकाले पालिकास्तरीय प्रशिक्षण कार्यक्रमकै स्तरमा बुटवलमा प्रशिक्षण आयोजना गरिएको जिल्ला स्कूल बिभाग प्रमुख समेत रहेका एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...