प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा नेविसंघ



हाम्रो इकोनोमि

 

 

सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ । नेविसंघले सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो । प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको मूल आरोप छ । कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् । नेविसंघले महागठबन्धन के का लागि ? मर्ने गोली होइन बाँच्ने गोली दे सरकार, खुला वैदेशिक हस्तक्षेप बन्द गर, सुन काण्डमा किन चुप, काण्डैकाण्डको नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड राजीनामा दे लगायतका नारा लगाएका थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...