प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा नेविसंघ



हाम्रो इकोनोमि

 

 

सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ । नेविसंघले सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो । प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको मूल आरोप छ । कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् । नेविसंघले महागठबन्धन के का लागि ? मर्ने गोली होइन बाँच्ने गोली दे सरकार, खुला वैदेशिक हस्तक्षेप बन्द गर, सुन काण्डमा किन चुप, काण्डैकाण्डको नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड राजीनामा दे लगायतका नारा लगाएका थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...